
प्रदेश तथा मातहतका स्थानिय निकायका स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न, स्वास्थ्य सामग्रीहरुको नियमित आपुर्ति तथा सबल व्यवस्थापन हुन अत्यन्त जरुरी छ। प्रादेशिक स्तरमा स्वास्थ्य सेवाको लागि आवश्यक सामाग्री आपूर्तिका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो। यस आपूर्ति केन्द्रले अत्यावस्यक औषधि, मानसिक स्वास्थ्य सम्बन्धि औषधि, परिवार नियोजनका साधनहरू, खोप तथा खोपजन्य सामाग्री, मातृशिशु स्वास्थ्य सम्बन्धि सामाग्रीहरु, पोषण सम्बन्धि सामाग्रीहरू, तथा औजार उपकरण खरिद गर्ने साथै संघबाट प्राप्त भएका औषधि,भ्याक्सिन तथा स्वास्थ्य सामाग्रीहरु प्रदेशका सबै जिल्ला स्वास्थ्य कार्यालय तथा अस्पतालहरुमा नियमित तथा माग बमोजिम पठाउने गरिन्छ।
यस वेवसाईटको माध्यमबाट जिल्लाहरुसँग समन्वय सहज हुने र आपूर्ति सम्बन्धि सूचना समयमै पुर्याउन सहज हुनेछ। यसबाट औषधि खरिद सम्बन्धि सूचनाहरु प्रकशन गर्ने तथा औषधि आपूर्ति तथा भण्डारण सम्बन्धि जानकारी मुलक अध्ययन सामाग्री, निर्देशिकाहरु आउने दिनहरुमा अपलोड गरिनेछ।
